кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, असार २८, २०८२

हालको खबर

  • होमपेज
  • mega darknetmega darknet
  • आर्थीक खबर
  • महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने

  • मङ्लबार, मंसिर १२, २०८०
महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने

काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५ महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने भएको छ।

बैंकले बगैँचाको मर्मतका लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्य अभिवृद्धि गर्न र मन्दिरमा आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति दिलाउन बैंकले उक्त बगैँचा मर्मत गर्ने भएको हो।

‘सबल बैंक, सफल सहकार्य’ को नारासहित नेपालीको घरदैलोमा २९ वर्षदेखि निरन्तर सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले विसं २०७७ सालमा उक्त बगैँचा पुनःनिर्माण गरेको थियो। त्यसयता बैंकले उक्त बगैँचाको मर्मतसम्भार निरन्तर गर्दै आइरहेको छ।

बैंकले दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान/भेटी चढाउन सहज बनाउन क्यूआर कोडको व्यवस्था पनि गरेको छ।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्त्वका कामलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहेको महालक्ष्मी विकास बैंकले सर्वसाधारणको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मद्देनजर गर्दै अझै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।

सम्बन्धित समाचार