AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यसँग जाँचबुझ आयोगले गर्‍यो सोधपुछ

सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यसँग जाँचबुझ आयोगले गर्‍यो सोधपुछ

  • बुधबार, माघ १७, २०८०
सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यसँग जाँचबुझ आयोगले गर्‍यो सोधपुछ

काठमाडौं- सुन तस्करी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यसँग सोधपुछ गरेको छ।

एआइजी बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन्।

६० किलो सुन र भेपमार्फत गरेको सुन तस्करीबारे अनुसन्धानमा देखिएको कमजोरीको सम्बन्धमा एआईजी बज्राचार्यसँग सोधपुछ गरिएको आयोगले जनाएको छ ।तस्करले ६० किलो सुन हङकङबाट र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट सुन काठमाडौंमा ल्याएका थिए।

६० किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले सोधपुछ गरेका छन् ।

पहिलो चरणमा आयोगले ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीमा जोडिएर पुर्पक्षको लागि थुनामा रहेका तथा धरौटीमा रहेका व्‍यक्तिलाई सोधपुछ गरेको थियो।

सुरूमा तीन महिनाको समयावधि दिएको आयोगलाई सरकारले थप दुई महिनाको समय दिएको छ।

सम्बन्धित समाचार