AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : केपी ओली

तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : केपी ओली

  • आइतवार, फाल्गुन १३, २०८०
तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेले बालकुमारी प्रकरणमा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री प्रकाश ज्वाला, टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामस्क) प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ।

अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गरे।

समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए।

विपक्षी सांसदहरुले सरकारसँग जवाफ माग गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठकलाई छल्दै आएका छन्।

Facebook Comments

सम्बन्धित समाचार