AarthikBikash
आइतवार, असार १४, २०८३
  • होमपेज
  • आर्थीक खबर
  • एकैदिन ४७ सयले बढ्यो सुनको मूल्य

एकैदिन ४७ सयले बढ्यो सुनको मूल्य

  • आइतवार, असार १४, २०८३
एकैदिन ४७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो ।

जुअनुसार सुनको मूल्य आज प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि अघिल्लो साता शुक्रबार २ लाख ७९ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेको हो ।

चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार