AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

  • सोमवार, फाल्गुन २१, २०८०
संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

काठमाडौं-संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गराएको हो । यो विधेयकले निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गरिएको छ ।

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको हो ।

विधेयकमा कर्मचारीको तलब भत्ता, सञ्चयकोष, बिमा, उपचार खर्च, उपदान लगायतका विषय समेत विधेयकमा समेटिएको छ।

Facebook Comments

सम्बन्धित समाचार