AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राजनीति
  • सरुवा-बढुवाका लागि नेताहरुको घर चहार्ने प्रथा अन्त्य गर्छु : गृहमन्त्री लामिछाने

सरुवा-बढुवाका लागि नेताहरुको घर चहार्ने प्रथा अन्त्य गर्छु : गृहमन्त्री लामिछाने

  • आइतवार, फाल्गुन २७, २०८०
सरुवा-बढुवाका लागि नेताहरुको घर चहार्ने प्रथा अन्त्य गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौं-उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको प्रधान कार्यालयको अवलोकन तथा निरीक्षण गरेका छन् ।

गृहमन्त्री लामिछानेले प्रहरी प्रधान नक्सालमा आइतबार निरीक्षणका लागि पुगेका हुन्।

गृहमन्त्री लामिछानेले नेपाल प्रहरीको प्रधान कार्यालयको अवलोकन तथा निरीक्षण गरी प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग ब्रिफिङ लिएका छन्।

प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले भीआईपी कल्चर अन्त्य गर्नुपर्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेले प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने बताए । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको गृहमन्त्री लामिछानेको भनाई छ ।

गृहमन्त्री लामिछानेले भने, ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु । मेरोमा सोर्स फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छ । आइजिपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म बाट कुनै हस्तक्षेप हुँदैन ।’

प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफूकहाँ आएमा ढोका बन्द गरिने लामिछानेले बताए । आफू पैसा खानका लागि मन्त्री नभएको गृहमन्त्री लामिछानेको भनाई छ ।

सरकारको आयुसँग आफूलाई मतलब नभएको भन्दै उनले जत्ति दिन टिके पनि काम गरेर देखाउने बताए ।

Facebook Comments

सम्बन्धित समाचार