AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • ‘निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ’

‘निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ’

  • आइतवार, चैत्र ११, २०८०
‘निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ’

चितवन-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् ।

होलीको अवसरमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौं, कसैलाई जोगाउन लाग्नेवाला छैनौं ।’

रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताए ।

गृहमन्त्री लामिछानेले फाइलमा केहीको नाम आएपछि रोकिएको सुनकाण्ड पुनः ब्यूँत्याएको बताए ।

उनले अब जुनसुकै विषयमा जोकोही जोडिए पनि नजोगिने बताए । गृहमन्त्री लामिछानेले सरकारमा गएको छोटो समयमा केही परिणाम दिएको दाबीसमेत गरे ।

Facebook Comments

सम्बन्धित समाचार