AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले ओखलढुंगा अधिवेशनमा भाँडभैलो, पूर्वअध्यक्षले गरे पार्टी परित्याग

एमाले ओखलढुंगा अधिवेशनमा भाँडभैलो, पूर्वअध्यक्षले गरे पार्टी परित्याग

  • बिहिबार, चैत्र २९, २०८०
एमाले ओखलढुंगा अधिवेशनमा भाँडभैलो, पूर्वअध्यक्षले गरे पार्टी परित्याग

ओखलढुंगा-नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन्।

दसौं जिल्ला अधिवेशनको दौरानमा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले त्यागेको घोषणा गरेका हुन्।

उनले मंगलबारबाटै एमालेमा नरहेको जानकारी दिएका छन्। बुधबार एमाले ओखलढुंगाको अधिवेशन सकिएको थियो। चुनावबाट नयाँ नेतृत्व छानिएको थियो। दसौं अधिवेशनबाट अध्यक्षमा ज्ञानबहादुर खड्का विजयी भएका थिए।

निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका थिए। खड्काले १४४ र राईले १३१ मत ल्याए। अध्यक्षका अर्का उम्मेदवार तारा कार्कीलाई ३ मत प्राप्त भएको थियो।

उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी भएका थिए। झम्कहरी बडाललाई ९५ मतले पराजित गर्दै न्यौपाने विजयी भएका थिए। सचिवमा अशोक थापा निर्वाचित भएका थिए।

त्यस्तै दुई उपसचिवमा राजिव कटवाल र अस्मिता थापा विजयी भए। अध्यक्षमा निर्वाचित भएका ज्ञानबहादुर खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरूङ र निवर्तमान उपाध्यक्ष तथा संविधान सभा सदस्य रहेका हर्कबोल राईलाई केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य यज्ञराज सुनुवारको समर्थन थियो।

निर्वाचित अध्यक्ष खड्का प्यानलबाट उपाध्यक्ष, सचिव र एक उपसचिव कटवालले जिते। राई प्यानलबाट पदाधिकारीमा एक उपसचिव थापा निर्वाचित भएकी हुन्।

Facebook Comments

सम्बन्धित समाचार