AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सुपुर्दगी सन्धि नभएका कारण जीबी राईलाई पक्राउ गर्न सकेनौं : गृहमन्त्री लामिछाने

सुपुर्दगी सन्धि नभएका कारण जीबी राईलाई पक्राउ गर्न सकेनौं : गृहमन्त्री लामिछाने

  • शनिबार, बैशाख २९, २०८१
सुपुर्दगी सन्धि नभएका कारण जीबी राईलाई पक्राउ गर्न सकेनौं : गृहमन्त्री लामिछाने

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेको भनिएका गितेन्द्र बाबु (जीबी) राईलाई पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् ।

शनिबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले राईलाई नेपाल फर्काइदिन मलेशियाका गृहमन्त्रीसँग कुरा भएको पनि जानकारी दिए ।

उनले नेपाल र मलेशियाबीच सुपुर्दगी र पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धिमा हस्ताक्षर नभएका कारण राईलाई नेपाल फर्काउन समस्या भएको बताए । उनले भने, ‘भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।’ उनलाई समात्न केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको उनको भनाई छ ।’

साथै उनले उनले जनताले आदेशले संसद्‌मा पुगे पनि आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको बताए । पोखराको सूर्यदर्शन सहकारीका १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ जिबी राईको समूहले हिनामिना भएको खुलेको छ ।

त्यसमा गृहमन्त्री लामिछाने पनि मुछिएका छन् । लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला आफैले माग फारम भरेर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रूपैयाँ ऋण लगेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

Facebook Comments

सम्बन्धित समाचार