mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • नेपालको नयाँ नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन :केपी ओली

नेपालको नयाँ नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन :केपी ओली

  • शनिबार, बैशाख २९, २०८१
नेपालको नयाँ नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन :केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे ।

अध्यक्ष ओलीले भने,’नेपालले नेपालको नक्सा राखेर नयाँ नोट छाप्ने भयो, आफ्नो देशको नक्सा सधैं झैं राख्ने भयो, अर्को देशलाई टाउको दुख्यो । नेपालले नेपालको नोटमा नेपालको नक्सा किन राख्यो भन्छ अर्को देश।’

सय रुपैयाँको नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयपछि आएका विभिन्न अभिव्यक्तिप्रति ओलीले आपत्ति जनाए।

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले नेपालीले तिरेको करबाट तलब/भत्ता खाने व्यक्तिले राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको बताए ।

उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

सम्बन्धित समाचार