AarthikBikash
सोमवार, असार १७, २०८१
  • होमपेज
  • समाज
  • दरबार हत्याकाण्डको २३ औं वर्ष, घटना अझै रहस्यमै

दरबार हत्याकाण्डको २३ औं वर्ष, घटना अझै रहस्यमै

  • शनिबार, जेष्ठ १९, २०८१
दरबार हत्याकाण्डको २३ औं वर्ष, घटना अझै रहस्यमै

काठमाडौं – नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ ।

२०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो ।

नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ ।

उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार