AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • मधेशको मुख्यमन्त्रीमा सतिश सिंहको दावी पेश

मधेशको मुख्यमन्त्रीमा सतिश सिंहको दावी पेश

  • शुक्रबार, जेष्ठ २५, २०८१
मधेशको मुख्यमन्त्रीमा सतिश सिंहको दावी पेश

जनकपुरधाम-मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंहले दावी पेश गरेका छन् ।

शुक्रबार बिहान प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो ।

जनमत पार्टीका सिंहलाई मुख्यमन्त्री बनाउन ५५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको बताइएको छ ।

जनमत पार्टीका १३, नेकपा एमालेका २४, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका १/१ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दावी पेश गरिएको हो ।

उनलाई मधेश प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार