AarthikBikash
बुधबार, असार १२, २०८१
  • होमपेज
  • समाज
  • पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

  • शुक्रबार, जेष्ठ ३२, २०८१
पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले घर बगाउँदा निद्रामा भएका उनीहरूको मृत्यु भएको हो ।

फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम गरिरहेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार