AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • शुक्रबार, जेष्ठ ३२, २०८१
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ। सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

त्यसअन्तर्गत् शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

सम्बन्धित समाचार