AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ट्यांकर चालक संघ र सरकारबीच सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

ट्यांकर चालक संघ र सरकारबीच सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

  • सोमवार, असार ३, २०८१
ट्यांकर चालक संघ र सरकारबीच सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

काठमाडौं – सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ ।

सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको ढुवानी समस्या समाधान हुने भएको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमको बजार व्यवस्थापन शाखाका नायव कार्यकारी निर्देशक संयोजकत्वमा समिति गठन हुने सहमति भएको हो । उक्त समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्ने र सोहीअनुसार चालक–सहचालकहरूको माग सम्बोधन गरिने उनले जानकारी दिए ।

यस्तै चालक संघका अध्यक्ष ईश्वर लामाले निजी ट्यांकर चालक र सरकारी ट्यांकर चालकबीच रहेको पारिश्रमिक अन्तर समाधान हुनुपर्ने बताए । पेट्रोल पम्पमा काम गर्ने कर्मचारी जोखिममा हुने र उनीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार