AarthikBikash
सोमवार, असार १७, २०८१
  • होमपेज
  • राजनीति
  • कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : प्रधानमन्त्री प्रचण्ड

कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रबार, असार १४, २०८१
कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् ।

जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताए । उनले नेकपा एकताका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार