AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विद्युत् खरिद-बिक्रीको सम्झौता गर्न बंगलादेशले पठायो प्राधिकरणलाई पत्र

विद्युत् खरिद-बिक्रीको सम्झौता गर्न बंगलादेशले पठायो प्राधिकरणलाई पत्र

  • मङ्लबार, असार २५, २०८१
विद्युत् खरिद-बिक्रीको सम्झौता गर्न बंगलादेशले पठायो प्राधिकरणलाई पत्र

काठमाडौं– बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।

बीपीडीबीले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको हो।वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि पेस गरेको बोलपत्र स्वीकृत भएको जानकारी गराउँदै बीपीडीबीले विद्युत बिक्री सम्झौताका लागि पत्राचार गरेको प्राधिकरणले जनाएको छ ।बीपीडीबीले १६ पुस २०८०मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो ।पेश गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्याङ्कन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो ।

प्राधिकरणले ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्नेछ । त्यसपछि बिपिडिबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ ।मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नु र्नेछ । प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम(एनभीभीएन), भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार