AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

  • बुधबार, असार २६, २०८१
पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

काठमाडौं– पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीया कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।– रासस

Facebook Comments

सम्बन्धित समाचार