AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

  • शनिबार, असार २९, २०८१
त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ ।

हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०-३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ ।

उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार