AarthikBikash
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राजनीति
  • टीआरसी विधयेकमा शीर्ष तीन दलहरुबीच जुट्यो सहमति

टीआरसी विधयेकमा शीर्ष तीन दलहरुबीच जुट्यो सहमति

  • बिहिबार, साउन १७, २०८१
टीआरसी विधयेकमा शीर्ष तीन दलहरुबीच जुट्यो सहमति

काठमाडौं– संक्रमणकालीन न्यायसम्बन्धि (टीआरसी) विधयेकमा शीर्ष तीन दलहरुबीच सहमति जुटेको छ ।आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको हो ।संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सदस्य छन्।विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया २/३ वर्षभित्रै टुंगोमा पुर्‍याउन सकिने सहजीकरण कार्यदलका सदस्य महेश बर्तौलाले बताए ।

गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा पनि आज सहमति भएको छ ।सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार