AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाज
  • सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमपोखरी फुटेको आशंका

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमपोखरी फुटेको आशंका

  • शुक्रबार, साउन ३२, २०८१
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमपोखरी फुटेको आशंका

काठमाडौं– सोलुखुम्बुस्थित दूधकोशी नदीमा आज दिउँसो भीषण बाढी आएको छ ।जिल्लाको पासाङ ल्यहामु गाउँपालिका-५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको हो।माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने प्रहरीको आशंका छ ।

दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेनजिकै पुगेको छ।यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार