AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिँदैछ : प्रचण्ड

देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिँदैछ : प्रचण्ड

  • बुधबार, भदौ १९, २०८१
देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिँदैछ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको आरोप लगाएका छन्।पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।अध्यक्ष प्रचण्डले कांग्रेसर एमालेले देशलाई दुई दलीय व्यवस्था हुँदै अधिनायकवादतर्फ लैजान खोजिएको बताए।

अध्यक्ष प्रचण्डले भने,’पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ । पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ ।’अध्यक्ष प्रचण्डले भूराजनीतिक स्थितिका कारण राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको र राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएको बताए।जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने, सदनलाई प्रभावकारी बनाउने, अन्तरक्रिया छलफल गर्नुपर्ने प्रचण्डले बताए।

Facebook Comments

सम्बन्धित समाचार