AarthikBikash
आइतवार, असार १४, २०८३
  • होमपेज
  • खेलकुद
  • टस हारेर श्रीलंका डेभलपमेन्टविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

टस हारेर श्रीलंका डेभलपमेन्टविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

  • शुक्रबार, भदौ २१, २०८१
टस हारेर श्रीलंका डेभलपमेन्टविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं-आईसीसी विश्वकप लिग-२ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीको तीन अभ्यास खेलमध्ये अन्तिम खेल आज सुरु भएको छ।

टस जित्दै श्रीलंकाको डेभलपमेन्ट स्क्वाडले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाली टोली सोमपाल कामीको कप्तानीमा ब्याटिङमा उत्रिएको छ।

तीन एक दिवसीय खेलका लागि त्यहाँ रहे पनि यसअघिका दुई खेल पानी परेका कारण रद्द भएका थिए। नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल केही समयअघि मात्र सुरु भएको छ।

नेपाली टोलीमा सोमपाल कामी (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, करण केसी, सन्दीप जोरा, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल र गुलशन झा रहेका छन्।

सम्बन्धित समाचार