AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रले संसद् बैठक अवरुद्ध गर्ने, निर्णयबाट पछि नहटेको प्रतिक्रिया

माओवादी केन्द्रले संसद् बैठक अवरुद्ध गर्ने, निर्णयबाट पछि नहटेको प्रतिक्रिया

  • आइतवार, भदौ ३०, २०८१
माओवादी केन्द्रले संसद् बैठक अवरुद्ध गर्ने, निर्णयबाट पछि नहटेको प्रतिक्रिया

काठमाडौं-आजको प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले अवरोध गर्ने भएको छ । सभामुख देवराज घिमिरेसँगको छलफलपछि पनि माओवादी केन्द्र संसद् अवरोध गर्ने निर्णयबाट पछि नहटेको हो ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समग्र ‘जनयुद्ध’काे भाव र त्यहाँको विषयवस्तुसँग सम्बन्धित भएकाले अवरोध नहट्ने बताए । ‘छलफलकै क्रममा छौँ। माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै होइन, समग्र जनयुद्धको भाव र त्यहाँको विषयवस्तससँग सम्बन्धित छ,’ उनले भने, ‘त्यसैले माओवादीले अवरोध गर्ने निर्णय गरेको छ ।’

एमाले सचिव एवं सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा माओवादी सशस्त्र संघर्षलाई ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए ।

त्यसपछि सभामुखले अध्ययन गर्न संसद सचिवालयलाई भनेका थिए। सभामुखले भदौ २६ गतेको बैठकमा एमाले सांसद भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएका थिए ।

उक्त निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसद अवरोध गरेको थियो । माओवादीले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार