AarthikBikash
शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • राजनीति
  • रविले ‘क्लिन चिट’ पाएँ भनेर अनुसन्धान प्रभावित गर्न खोजे : शंकर पोखरेल

रविले ‘क्लिन चिट’ पाएँ भनेर अनुसन्धान प्रभावित गर्न खोजे : शंकर पोखरेल

  • बुधबार, अशोज ९, २०८१
रविले ‘क्लिन चिट’ पाएँ भनेर अनुसन्धान प्रभावित गर्न खोजे : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताएका छन् । आज धनगढी पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् । लामिछानेले सहकारी ठगीको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको उनले आरोप लगाए। कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।

महासचिव पोखरेलले जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित नहुने बताए। अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए । सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए ।रविको नाम नलिई उनले संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत महासचिव पोखरेलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार