AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले स्थगित गर्यो सय दिने अभियान

कांग्रेसले स्थगित गर्यो सय दिने अभियान

  • आइतवार, अशोज १३, २०८१
कांग्रेसले स्थगित गर्यो सय दिने अभियान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकरी दिएका छन् । प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए । साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए । उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पिडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार