AarthikBikash
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • खोज तथा उद्धारलाई तीव्रता दिने विपद् व्यवस्थापन समितिको निर्णय

खोज तथा उद्धारलाई तीव्रता दिने विपद् व्यवस्थापन समितिको निर्णय

  • सोमवार, अशोज १४, २०८१
खोज तथा उद्धारलाई तीव्रता दिने विपद् व्यवस्थापन समितिको निर्णय

काठमाडौं– विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय गरेको छ । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।समितिले मनसुनजन्य विपद्‍मा परेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय गरेको छ ।

बैठक गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा बसेको थियो । राहत वितरणलाई पनि तीव्रता दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मनसुनजन्य प्रकोपका कारण बेपत्ता भएकाहरू १० दिनसम्म नभेटिएमा मृतकका परिवार समान राहत दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । अस्थायी आवास निर्माण गर्न प्रभावितहरूलाई ७ दिनभित्र अनुदान रकमको पहिलो किस्ता दिने निर्णय गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार