AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • राजनीति
  • भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने

भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने

  • बिहिबार, अशोज १७, २०८१
भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने

काठमाडौं-नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच उक्त सम्झौता भएको हो।

कार्यक्रममा बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

त्यस्तै, अमलेखगञ्जदेखि चितवनको लोथरसम्मका ६२ किलोमिटर पाइपलाइन बन्नेछ ।

लोचरमा निर्माण हुने स्मार्ट ग्रीनफिल्ड टर्मिनल ९१ हजार ९०० किलोलिटर क्षमताको हुनेछ । यी परियोजनाहरुको कुल लागत १५ अर्ब रुपैयाँ रहने निगमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार