AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

  • मङ्लबार, अशोज २२, २०८१
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

काठमाडौं-मेलम्चीको पानी आजबाट काठमाडौं आउने भएको छ।

आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको हो ।

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार अबेरसम्म भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको थियो ।

स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको हो ।

काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको छ।

त्यसकारण आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ। काठमाडौं अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो।

Facebook Comments

सम्बन्धित समाचार