AarthikBikash
शनिबार, मंसिर २९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वाइडबडी विमान खरिद प्रकरणमा कंसाकारसहित चारजना भ्रष्टाचारी ठहर

वाइडबडी विमान खरिद प्रकरणमा कंसाकारसहित चारजना भ्रष्टाचारी ठहर

  • शुक्रबार, मंसिर २१, २०८१
वाइडबडी विमान खरिद प्रकरणमा कंसाकारसहित चारजना भ्रष्टाचारी ठहर

काठमाडौं – वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित चारजना​ दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरुलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुनेमा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछाने पनि रहेका छन् । अदालतको फैसला अनुसार सुगतरत्नमाथि दुई वर्ष नौ महिना कैद सजाय भएको छ ।

यसैगरी अधिकारी, ढुङ्गाना र लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । अदालतले कुल बिगो १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँको दामासाहीका हिसाबले १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गर्नुका साथै बिगो असुल उपर हुने फैसला समेत गरेको छ ।

विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधि बाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् ।

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार