AarthikBikash
मङ्लबार, माघ १, २०८१
  • होमपेज
  • समाज
  • गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते

गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते

  • बुधबार, पुस १७, २०८१
गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते

काठमाडौं-nगैंडाको आक्रमणबाट मकवानपुरमा एक जना महिला घाइते भएकी छन्। पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लामेदार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् । वनमा घास काटन तथा गोबर टिप्न गएकी वृद्धा महिलाला गैंडाले आक्रमण गरेको थियो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवन जिल्ला राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् ।

घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल मकवानपुर र चितवनको सिमाना हो ।

Facebook Comments

सम्बन्धित समाचार