AarthikBikash
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सहकारीमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको फरेन्सिक रिपोर्टबाट प्रमाणित

सहकारीमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको फरेन्सिक रिपोर्टबाट प्रमाणित

  • बिहिबार, पुस १८, २०८१
सहकारीमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको फरेन्सिक रिपोर्टबाट प्रमाणित

काठमाडौं– सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँ कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको प्रहरीको फरेन्सिक रिपोर्टले देखाएको छ । ०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ लामिछानेको नाममा कर्जा देखाइएको थियो । तर फरेन्सिक प्रतिवेदनले हस्ताक्षर उनीसँग मेल नखाने पुष्टि गरेको हो ।स्रोतका अनुसार कास्की जिल्ला अदालतमा भएको बहसमा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छन् । तर प्रहरीको अनुसन्धान प्रतिवेदनमा सो फरेन्सिक रिपोर्ट समावेश भए पनि अदालतमा भने नभेटिएको स्रोतले बतायो ।

लामिछानेले रकम व्यक्तिगत रूपमा प्रयोग नगरेको प्रमाणित भएको वकिलहरूले बताएका छन् । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार