mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

  • शनिबार, पुस २०, २०८१
सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बिहान ७ बजेबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको हो । उनका अनुसार बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठनको समीक्षा र सङ्गठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाइएको छ । साथै, सङ्गठन सबलीकरण र जागरण अभियान, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय संयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ ।

यस सेसनमा केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्यहरूमा केन्द्रीय सङ्गठन विभाग, प्रशिक्षण विभाग एवं प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन् । यस्तै, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।