AarthikBikash
मङ्लबार, फाल्गुन २७, २०८१
  • होमपेज
  • समाज
  • स्कुलबाट फर्कदै गरेकी १४ वर्षीया किशोरीलाई घरमै लगेर बलात्कार

स्कुलबाट फर्कदै गरेकी १४ वर्षीया किशोरीलाई घरमै लगेर बलात्कार

  • आइतवार, माघ २७, २०८१
स्कुलबाट फर्कदै गरेकी १४ वर्षीया किशोरीलाई घरमै लगेर बलात्कार

धनगढी – धनगढीमा एक किशोरीमाथि डर त्रास देखाएर बलात्कार भएको छ । कक्षा ७ मा अध्ययनरत किशोरीमाथि चक्कु देखाउँदै त्रास देखाएर बलात्कार भएको धनगढी प्रहरीले जनाएको छ ।

अध्ययनका लागि धनगढी बस्दै आएकी बाजुराकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी उनले शनिबार मात्रै प्रहरीलाई जानकारी गराएकी हुन् ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा एक युवकले उनलाई रोकेर चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेको प्रहरीले जनाएको छ । घरमै लगेर जबरजस्ती करणी गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।

Facebook Comments

सम्बन्धित समाचार