काठमाडौं-भ्रष्ट्राचार सूचकाङ्कमा नेपालले झिनो सुधार गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो ।
धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो। अहिले १०७ मा परेर एक अंक सुधार गरेको हो।
गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।
साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ ।