बारा-बाराको एक सुधार केन्द्रमा राखिएका युवकको गए राति मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको हो ।
गएराति सुधार केन्द्रभित्र विवादले उग्ररुप लिएको थियो। विवाद बढ्दै गएपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका कलैया–९, रामपुरका महतोको मृत्यु भएको थियो ।
महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्।