AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • मनोरन्जन
  • हलिउड अभिनेता जिन ह्याकम्यानको मृत्यु

हलिउड अभिनेता जिन ह्याकम्यानको मृत्यु

  • बिहिबार, फाल्गुन १५, २०८१
हलिउड अभिनेता जिन ह्याकम्यानको मृत्यु

काठमाडौ – हलिउडका  चर्चित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका छन् ।

जीन ह्याकम्यान ९५ वर्षका थिए । जीन र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले उनका फ्यानहरू मात्रै होइन सारा हलिउड स्तब्ध भएको छ । प्रहरीले मृत्यु कसरी भयो भनेर छानबिन गरिरहेको बताइएको छ ।

न्यु मेक्सिकोस्थित अभिनेताको घरमा दम्पती मात्रै होइन उनीहरूको कुकुर पनि मृत भेटिएको छ ।  सान्ता फे प्रहरीले द सनलाई मृत्युको पुष्टि गरेको हो । प्रहरीका अनुसार यी दुई बाहेक, अभिनेताको कुकुर पनि घटनास्थलमा मृत फेला परेको थियो । दसकौँ लामो अभिनय जीवनमा जीन ह्याकम्यानले दुई वटा ओस्कार र दुई बाफ्टा अवार्ड पाएका छन् । ह्याकम्यानले २१ वर्ष अघि अभिनयबाट संन्यास लिएका थिए । डाक्टरहरूले स्वास्थ्यबारे चेतावनी दिएपछि २००४ मा ७४ वर्षको उमेरमा उनले अभिनय छाडेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार