AarthikBikash
शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • समाज
  • ‘जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ’

‘जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ’

  • बिहिबार, फाल्गुन १५, २०८१
‘जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ’

सुनसरी-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन्।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पारे ।

Facebook Comments

सम्बन्धित समाचार