AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेको इन्स्योरेन्सको संस्थापक सेयर मिलेमतोमा अनियमितता,कानुनी प्रक्रिया उल्लंघन गर्ने खेल

नेको इन्स्योरेन्सको संस्थापक सेयर मिलेमतोमा अनियमितता,कानुनी प्रक्रिया उल्लंघन गर्ने खेल

  • बिहिबार, चैत्र १३, २०८१
नेको इन्स्योरेन्सको संस्थापक सेयर मिलेमतोमा अनियमितता,कानुनी प्रक्रिया उल्लंघन गर्ने खेल

काठमाडौं – नेको इन्स्योरेन्सको संस्थापक सेयरमा गम्भीर अनियमितता गर्न लागेको तथ्य फेला परेको छ ।

नेको इन्स्योरेन्सले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई ठाडै उल्लङ्घन गरेको छ। नियम विपरीत मिलेमतो गर्दै सेयर खेल्ने प्रयास भइरहेको देखिदा पनि नियामक निकाय मौन छन् । त्यसैले नियमनकारी निकायहरूको पनि मिलेमतो हो कि भन्ने शङ्का समेत उत्पन्न भएको छ।

नियामक निकायले तत्काल हस्तक्षेप नगरे नेको इन्सुरेन्स र महतो ग्रुपको मिलेमतोमा ठूलै अनियमितता हुने खतरा बढेको छ ।
चुक्ता पूँजीको २५ प्रतिशत संस्थापक हकप्रद सेयर निष्कासनको अनुमति पाएपछि कम्पनीले नियमानुसार प्रक्रिया अघि बढाउनु पर्ने हो। तर, महतो समूहसहित केही व्यक्तिहरूको चलखेलका कारण संस्थापक सेयरको व्यवस्थापन अपारदर्शी बनेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को निर्देशन अनुसार संस्थापक सेयरधनीहरूले न्यूनतम शेयर खरिद नगर्ने प्रवृत्तिलाई रोक्न कडा प्रावधान बनाइएको थियो। तर, नेको इन्स्योरेन्सले त्यसलाई लत्याउँदै संस्थापक सेयरमा चलखेल गर्ने प्रयास गरिरहेको छ ।

कम्पनीले हकप्रद सेयरका लागि आवेदन माग गरेदेखि नै महतो समूहले शेयर खरिद नगरी रणनीतिक रूपमा प्रक्रिया लम्ब्याउने चाल चालेको थियो । त्यसमा नेको इन्सुरेन्सले पनि दरो साथ दिएको थियो । कम्पनीले १५ दिनको समयसीमा राखेर पुनः दरखास्त माग गर्यो, जुन १४ दिन पुग्दा पनि टुंगो लाग्न सकेको छैन । तर, नेको इन्स्योरेन्सले नियमकै धज्जी उडाउँदै पटक पटक बिक्रीको प्रक्रिया अघि बढाउन खोजेको छ।

बीमा प्राधिकरण र धितोपत्र बोर्डले यस्तो खुला अनियमिततालाई समयमै रोक्न सकेन भने लगानीकर्ताको विश्वास गुम्नेछ। बीमा क्षेत्रमा यस्ता मिलेमतोका खेलहरू दोहोरीरहे बीमा कम्पनीहरूप्रति लगानीकर्ताको आशंका झन् गहिरिनेछ।

हामीले नेको इन्सुरेन्सको संस्थापक सेयरमा भएको चलखेलको विषयमा सानीमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेसँग कुराकानी गर्दा नियम विपरीत सानीमा क्यापिटलले कुनै पनि काम नगर्ने र बाहिर अनावश्यक रूपमा हल्ला मात्र भएको जानकारी दिए भने नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्कालाई पटक पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

सम्बन्धित समाचार