AarthikBikash
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले–कांग्रेस मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्दैछन् : सिंह

एमाले–कांग्रेस मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्दैछन् : सिंह

  • आइतवार, जेष्ठ ५, २०८२
एमाले–कांग्रेस मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्दैछन् : सिंह

काठमाडौं-स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताए ।

उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव नबनाएको बताए ।

उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाए ।

सम्बन्धित समाचार