काठमाडौं-प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने जानकारी दिएका हुन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।
त्यसक्रममा उनले भिजिट प्रकरणमा आफ्नो संलग्नता नरहेको बताए।
यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको थियो।