кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, साउन २, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • शिक्षा/स्वास्थ्य
  • समस्यामा परेका बेला डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्यमन्त्रीको चेतावनी

समस्यामा परेका बेला डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्यमन्त्रीको चेतावनी

  • बुधबार, साउन १, २०८२
समस्यामा परेका बेला डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।

बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताए ।

कार्यक्रममा उनले भने–‘जसरी हामीले आवश्यकता अनुसार यसलाई महसुस गरेको स्थिति छैन, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ । मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो ।’

डेंगी परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न चेतावनी दिंदै उनले भने–‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने ? निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ । निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदराजमा धेरै समस्या छ ।’

उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकारे ।

सम्बन्धित समाचार