काठमाडौं-पूर्वराष्ट्रपति विद्या भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै छिन् ।
उनले दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने छिन् ।
भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने बताइएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।
आजको पत्रकार सम्मेलनबाट उनले भविष्यको राजनीतिक दिशा र रणनीतिबारे महत्वपूर्ण संकेत दिने अनुमान गरिएको छ।