кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, साउन १६, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • कुलिङ पिरियड गडबडी : विशेष छानबिन समितिको बैठक आज बस्दै

कुलिङ पिरियड गडबडी : विशेष छानबिन समितिको बैठक आज बस्दै

  • बुधबार, साउन १५, २०८२
कुलिङ पिरियड गडबडी : विशेष छानबिन समितिको बैठक आज बस्दै

काठमाडौं-कुलिङ पिरियड गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ ।

सिंहदरबार सुशासन समितिको सभाहलमा आज ११ बजे बस्ने उक्त बैठकमा प्रतिवेदन लेखनमाथि छलफल हुनेछ ।

सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समयमै काम सक्ने गरी समितिले प्रतिवेदन लेखनको तयारि थालेको हो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहेका छन् ।

समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।

माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिनिधि सभाको बैठक साउन १९ गते बस्दैछ त्यसैदिन छानबिन प्रतिवेदन पेस गर्ने समितिको तयारी छ ।

सम्बन्धित समाचार