काठमाडौं– प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ । क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक आजसहित साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेगरि तय गरिएको छ। सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समितिले पाक्षिक कार्यतालिका क्यालेन्डर तय गरेको हो ।