काठमाडौं-जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण ध्वस्त भएको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो ।
बैठकमा असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे छलफल भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
यस्तै जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संयुक्त बैठक सुरु भएको छ ।
बैठकमा महासचिव शंकर पोखरेललगायतका पार्टीको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरू सहभागी छन् ।