mega darknetmega darknet
AarthikBikash
शनिबार, अशोज ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • प्रवास
  • हमासले गर्‍यो ४८ बन्दीको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश

हमासले गर्‍यो ४८ बन्दीको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश

  • शनिबार, अशोज ४, २०८२
हमासले गर्‍यो ४८ बन्दीको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश

काठमाडौं-लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ । यस सूचीमा नेपालका विद्यार्थी विपिन जोशी पनि परेका छन् ।

इजरायलले गाजा सहरमा आक्रमण तीव्र पारेसँगै हमासले बन्धक बनाइएका उनीहरुको तस्बिर सार्वजनिक गरेको हो । हमासको दस्ताले ती सबै ४८ जना कैदी बन्दी रहेको दाबी गरेको छ । तर सार्वजनिक गरिएका मध्ये केहीको निधन भइसकेको र केही अझै जीवितै रहेको जनाइएको छ।

सूचीमा देखाइएका सबै तस्बिरमा एउटै क्याप्सन “Ron Arad-” लेखिएको छ । यो नाम सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायु सेनाका क्याप्टेनसँग सम्बन्धित हो । हमासले प्रतीकात्मक अर्थका लागि उक्त नाम प्रयोग गरेको बताइएको छ ।

विपिन जोशीसहित अन्य बन्दीहरूको वास्तविक अवस्था र उनीहरू हाल कहाँ रहेका छन् भन्नेबारे यकिन जानकारी भने सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार