AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

  • बिहिबार, मंसिर १८, २०७७
राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंक र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माबिच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा पूर्व गृह र उर्जा तथा जलस्रोत मन्त्री तथा संघीय संसदका सांसद माननीय जर्नादन शर्माको उपस्थित पनि रहेको थियो । सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ । नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा शर्माले देश स्रोत साधनमा धनि हुँदाहुदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नु परेको हुँदा यो कर्जाले स्रोत साधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलको रुपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बङ्गलादेशबाट सुरु भएको सामुहिक जमानीको आधारमा लगानी गरिने लघुबित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए । उनले देशको उत्पादन बृद्धि तथा गरिबी न्यूनिकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमुनाको रुपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शिर्षकमा १६६० जनालाई एक अर्ब २८ करोड रुपैंया भन्दा बढी विना धितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार