AarthikBikash
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • समाज
  • बागमतीसहित ६ प्रदेशका अधिकांश स्थानमा पश्चिमी वायूको प्रभाव

बागमतीसहित ६ प्रदेशका अधिकांश स्थानमा पश्चिमी वायूको प्रभाव

  • शुक्रबार, पुस २५, २०८२
बागमतीसहित ६ प्रदेशका अधिकांश स्थानमा पश्चिमी वायूको प्रभाव

 काठमाडौं – देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहेको हो । साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको हो।

त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएकोभएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने भएको हो । साथै बाँकी पहाडी तथा हिमाली भू‍-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको हो । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने भएको छ । साथै बाँकी पहाडी तथा हिमाली भू‍-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार