AarthikBikash
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इरानलाई ट्रम्पको चेतावनी – बुधबारसम्म सम्झौता नभए बमबारी हुन्छ

इरानलाई ट्रम्पको चेतावनी – बुधबारसम्म सम्झौता नभए बमबारी हुन्छ

  • मङ्लबार, बैशाख ८, २०८३
इरानलाई ट्रम्पको चेतावनी – बुधबारसम्म सम्झौता नभए बमबारी हुन्छ

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन्।

यसअघि लागू गरिएको दुई साताको युद्धविराम अप्रिल २२ मा समाप्त हुने क्रममा रहेको छ । तर ट्रम्पले युद्धविराम थपिने सम्भावना निकै कम रहेको संकेत दिएका हुन् । उनका अनुसार, यदि उक्त समयसीमाभित्र कुनै सम्झौता हुन सकेन भने लडाइँ तत्काल पुनः सुरु हुन सक्छ।ब्लूमबर्गसँगको फोन अन्तर्वार्तामा ट्रम्पले इरानमाथि दबाब बढाउँदै आफू कुनै पनि “खराब सम्झौता” मा हतार नगर्ने स्पष्ट पारेका छन्। उनले समय आफ्नो पक्षमा रहेको दाबी गर्दै इरानलाई छिटो सहमति गर्न आग्रह गरेका छन्।

ट्रम्पले इस्लामाबाद मा प्रस्तावित शान्ति वार्ताबाट अपेक्षा राखेको बताए पनि इरानले त्यस्ता वार्तालाई अस्वीकार गरिसकेको छ। उनले ग्यासको मूल्यदेखि क्षेत्रीय स्थायित्वसम्मका विषयमा पनि टिप्पणी गरेका छन्।

उनले युद्ध अन्त्यका लागि इरानका नयाँ नेताहरूसँग व्यक्तिगत रूपमा भेट्न तयार रहेको जनाएका छन्।

साथै, आफू इजरायलको कारण मात्र युद्धमा संलग्न नभएको स्पष्ट गर्दै यसको मूल कारण हमास ले अक्टोबर ७ मा गरेको आक्रमण भएको बताएका छन्, जसमा करिब १२०० इजरायलीको ज्यान गएको थियो।

ट्रम्पले उक्त घटनापछि इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने आफ्नो अडान अझ कडा भएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार